काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् ।
उनले मंगलबार काठमाण्डु जिल्लामा मात्रै १ सय १० जनामा कोरोना पुष्टि भएको जानकारी दिए । त्यसैगरी भक्तपुरमा ८ र ललिपुरमा १६ जनामा कोरोना पुष्टि भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष, काभ्रेकी ५० वर्षीया महिला तथा सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष रहेका छन् । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८३ पुगेको छ ।




प्रतिक्रिया