उच्च अदालतले भन्योः भट्टलाई तत्काल काम गर्न नदिनु

उच्च अदालतले भन्योः भट्टलाई तत्काल काम गर्न नदिनु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त सुशील भट्टलाई तत्काल काम नगराउन उच्च अदालत पाटनले आदेश दिएको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आगामी आइतबारसम्मका लागि भट्टलाई काममा नलगाउनु भनी सरकारका नाममा आदेश जारी गरेको हो । सरकारले गत साता लगानी बोर्डको सीईओमा सुशील भट्टलाई नियुक्त गरेको थियो ।

भट्टको नियुक्ति कानुनसम्मत नभएको भन्दै मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै अधिवक्ता जयबहादुर भुजेलले आइतबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।