अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना संक्रमण

अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको परीक्षणका क्रममा घिमिरेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नेपालमा पहिलोपटक संवैधानिक अंगका प्रमुखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।  केहीदिनअगाडि घिमिरेका सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रमुख आयुक्त घिमिरे अहिले घरमै आराम गरिरहेका छन् । अख्तियारमा मात्र ५० जना भन्दा बढी कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् ।