नेकपाकी सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण

नेकपाकी सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रदेश सभा सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपाकी सांसद श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।

सांसद श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै आफुलाई ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि स्वाब संकलन गरी परीक्षण गर्दा नतिजा पोजेटिभ आएको जानकारी दिएकी छन् । उनले अहिले स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएकी छन् ।

सांसद श्रेष्ठले एक सातादेखि आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई सावधान रहन र आवश्यक परे स्वास्थ्य परीक्षण गराउन आह्वान गरेकी छन् । यसअघि प्रदेश १ का न्यायाधीवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण देखिएको थियो । परिवारसहित उनी आइसोलेसनमा छन् ।