विश्व हिन्दु युवा संघले मृगस्थलीमा रोप्यो पाँच सय बिरुवा

विश्व हिन्दु युवा संघले मृगस्थलीमा रोप्यो पाँच सय बिरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्व हिन्दु युवा संघले आज अन्तरास्ट्रिय युवा दिवसको अवसरमा पशुपती क्षेत्र भित्र रहेको मृगस्थलिमा आज वृक्षारोपण गरेको छ ।

नेपाली कांग्रेसका नेता पूर्वमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा वृक्षरोपण गरेको हो । उक्त वृक्षरोपण कार्यक्रममा नेपाली कांग्रेसका बिश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारी, बिश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाह, कांग्रेस नेता बिष्णु धिताल लगायतले आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रम आफ्नो धारना राख्दै कांग्रेस नेता एनपी साउदले धर्म भनेको नैतिकताको कडि भएको भन्दै यदि संसारमा धर्म नभएको भए नैतिकतानै नहुने बताए ।

कांग्रेस नेता साउदले धर्मले जीवन शान्ति सुख र सदाचारको बाटो डोर्‍याएको पनि बताए । यस्तै बिश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारीले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न ढिलो गरे भोलि नेपालको आफ्नो अस्तित्व र संस्कृतिनै समाप्त हुने भन्दै तत्काल नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न सरकार र राजनैतिक दललाई सुझाव दिएका थिए ।

उक्त कार्यक्रममा विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले आफुले हिन्दु धर्म भित्र रहेको अर्थनीतिले देश विकासमा कायापलट पार्ने भन्दै त्यतातिर सबै राजनैतिक दललाई लाग्न आव्हान गरेका थिए । नेपाली कांग्रेसका नेताका रुपले परिचित शाहले आफुले देशलाई मजदुर मात्रै पठाउने देशका रुपमा नचिनाएर देशले आफ्ना मौलिक ज्ञानगुनका कुरापनि बिक्रि गर्नसक्ने बनाउने अभियानमा आफू लागेको स्पष्ट पारेका थिए ।

उनले नेपाल पुर्वीया दर्शनको उद्गम स्थल भएको र यहाँबा अन्य देशका थुप्रै शाशक प्रशासकले ज्ञान लिएर आफ्नो देशमा लागू गरि देशलाई आर्थिक रुपमा समृद्ध बनाएको भन्दै पूर्वीय दर्शनलाई बेलैमा नेपालले नचिनेको कारण देश आर्थिक रुपमा बिपन्न भएको पनि जिकिर गरे ।

विश्व हिन्दु युवा संघले आज मृगस्थलिमा विभिन्न परजातिका ५ सय बिरुवाहरु रोपेको छ ।