पत्रकार चौधरीमाथि भएको सांघातिक आक्रमणप्रति फोनिजको ध्यानाकर्षण

पत्रकार चौधरीमाथि भएको सांघातिक आक्रमणप्रति फोनिजको ध्यानाकर्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज)ले पत्रकार गणेश चौधरीमाथि भएको सांघातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

फोनिजका संघिय सचिव मिलन लिम्बूले बुधबार एक विज्ञप्ति जारी गर्दै समाचार संकलनको क्रममा कैलालीको जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुरमा साउन २६ गते भएको घटनाले सिंगो फोनिज स्तव्ध, दुःखी एवं क्रुद्ध भएको जनाएका छन् ।

फोनिजले समाचारको विषयमा चित्त नबुझे कानुनी माध्यमबाट समाधान खोज्न सकिने भन्दै श्रमजीवि पत्रकारमाथि सांघातिक आक्रमण गर्नु संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध रहेको ठहर गरेको छ ।

जारी विज्ञप्तिमा ‘अक्रमणमा संलग्न विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको दुई दिन बितिसक्दा समेत आरोपितहरु पक्राउ नपर्नुले प्रहरी प्रशासनको भूमिकाप्रति आशंका बढाएको’ उल्लेख छ ।

फोनिजले आक्रमणमा संलग्न जगतपुरका ललित कडायत, शिशिर शाह र सुरेन्द्र शाही लगायतको समूहलाई तत्काल पक्राउ गरी कानुुन बमोजिम कारवाही गर्न माग गरेको छ ।

साथै, फोनिज संघीय समितिले आक्रमणपछि घाइते भएका सल्लाहकार चौधरीको सीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।