किस्ट अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

किस्ट अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ललितपुरको किस्ट अस्पताल उपचाररत कैलाली घर भएका ७७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बुधबार मृत्यु भएको हो ।

ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । किस्ट अस्पतालमै मंगलबार राति पनि काठमाण्डुको टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको थियो ।