गृहले गर्‍यो पर्साका सीडीओ र सहायक सीडीओको सरुवा

गृहले गर्‍यो पर्साका सीडीओ र सहायक सीडीओको सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पर्साका प्रमुख जिल्ला अधिकारी र सहायक जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ ।

गृह मन्त्रालयले पर्साका प्रजिअ विष्णुकुमार काकीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ भने सहायक प्रजिअ ललितकुमार बस्नेतलाई ललितपुर जिल्ला प्रशासन कार्यालयमा सरुवा गरेको हो ।

पर्साका नयाँ प्रजिअमा हाल धादिङको प्रमुख जिल्ला अधिकारी रहेका अस्मान तामाङलाई पठाइएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

यस्तै सहायक प्रमुख जिल्ला अधिकारीमा मुस्ताङका वेद अर्याललाई पठाइएको छ । कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी भूमिका नखेलेको भन्दै गृहले उनीहरुको सरुवा गरेको बताइएको छ ।