काठमाण्डु – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका ५७ वर्षीय कर्मचारीको मृत्यु भएको हो ।
विराटनगर महानगरपालिका स्थायी घर भएका उनको दिउँसो ४ बजे मृत्यु भएको कोभिड १९ उपचार केन्द्र विराटनगर प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए ।
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि सोमबार कोभिड अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । मृतक मधुमेह र दमका रोगी थिए ।




प्रतिक्रिया