उद्योग बाणिज्य क्षेत्रलाई मद्दत गर्ने सहयोगीका रुपमा ‘एपक्याम’ स्थापना

उद्योग बाणिज्य क्षेत्रलाई मद्दत गर्ने सहयोगीका रुपमा ‘एपक्याम’ स्थापना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रााष्ट्रिय र बहुराष्ट्रिय पक्षका विवाद नेपालबाट समाधान गर्ने गरी बिदेशी लगानी नेपाल ल्याउन र नेपालका विवाद समाधानमा महंगो खर्च व्यहोरेर बिदेशमा रहेका संस्था र बिषेशज्ञको सेवा खरिद गर्ने बाध्यतालाई अन्तय गर्ने उद्देश्यले एपक्याम नामक सस्था स्थापना गरिएको छ ।

बिदेशी मुद्रा संचितीमा समेत मुलुकलाई र बिवाद समाधानमा उद्योग बाणिज्य क्षेत्रलाई मद्दत गर्ने सहयोगीका रुपमा भुमिका निर्वाहा गर्ने एसिया प्यासिफिक सेन्टर फर अफ आर्विटेशन एण्ड मेडिएसन (एपक्याम)नामक सस्था स्थापना भएको हो ।

विवादशान्ति, सम्बृद्धी र विकासको बाधक भएकाले समाज रुपान्तरण र विकासका लागि सकृय एसिया प्रशान्त क्षेत्रका बिभिन्न ८ संस्थाहरुद्वारा स्थापित एपक्याम्प नेपालमा पनि बिस्तार गरिएको संस्थाका महासचिव तथा बरिष्ठ अधिबक्ता मातृका प्रसाद निरौलाले जानकारी दिए ।

हाल नेपालमा नेपाल इन्टरनेशनल एडिआर सेन्टर, इण्डियन इन्स्टिच्युट अफ अफआर्विटेशन एण्ड मिडिएशन, मलेसियन मिडिएशन सेन्टर, इण्डोनेसिया मिडिएशन सेन्टर, हङ्गकङ इन्टरनेशनल मिडिएशन, हङ्गकङ इन्स्टिच्युट अफ अफआर्विटेशन , थायल्याण्ड अफआर्विटेशन सन्टर, अष्ट्रेलियन डिस्प्युट रेजोलुसन सेन्टर, लगायतका संस्थाहरु आबद्धभई संयुक्त सेवा शुरु गरेका छन् ।

नेपालका तर्फबाट एपक्यामका बोर्ड सदस्य तथा नेपाल इन्टरनेशनल एडिआर सेन्टरको महासचिव बरिष्ठ अधिबक्ता मातृका निरौला, अन्य संस्थाका तर्फबाट अनिल जेभियर, डा. फ्रेसिस ल, दातुककुतुबलजमान, फामी साहेव, सिल्भियासिविङ, पसित अस्वातानापूर्ण, डेकीलोगोनेज लगाएत छन् ।

संस्थाको साउन २२ गते बिभिन्न मुलुकका न्यायिक क्षेत्रका बिशिष्ट व्यक्तित्वद्वारा संयुक्त रुपमा एपक्यामकोे समुद्घाटन गरिएको हो । बिश्वब्यापी रुपमाप्रशारण भएको अनलाइन तथा अफलाइन कार्यक्रममा नेपालका तर्फबाट पूर्व प्रधानन्यायाधीश, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्धघाटन गरेका हुन् ।

सो अवसरमा बरिष्ठ अधिबक्ता निरौलाले एपक्याम्प संस्थापनाको चार्टडमा दस्तखत गरेका थिए । भारतको नयां दिल्लीबाट प्रशारण भएको सो कार्यक्रम नेपाल, मलेसिया, हङ्गकङ, इण्डोनेसिया, अष्ट्रेलिया, ताइवान लगायतबाट संबोधन गरिएको थियो ।