काठमाण्डुको कुलेश्वर, नयाँ वस्ती क्षेत्र १५ दिनका लागि सिल

काठमाण्डुको कुलेश्वर, नयाँ वस्ती क्षेत्र १५ दिनका लागि सिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिका–१४ स्थित कुलेश्वर, नयाँ वस्ती क्षेत्र सिल गरिएको छ । ३५ जना भन्दा बढीमा कोरोना भाइरसका संक्रमित भेटिएपछि अत्यावश्यक बाहेकका अन्य पसल र गतिविधिहरु १५ दिनका लागि बन्द गरिएको हो ।

काठमाण्डु महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै वडा नम्बर १४ का अधिकांश पसल १५ दिनका लागि बन्द गरिएको जानकारी दिएको हो । वडाले आफ्नो क्षेत्रमा समुदायमा नै कोरोना फैलिसकेको निष्कर्ष समेत निकालेको छ ।

केही दिनअघि एक पसलेमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने क्रममा बुधबार साँझ मेडिकल पसल रहेको घरबेटीलाई संक्रमण दखिएको र आज बिहान मात्र वडा कार्यालय रहेको भवनमा नै संक्रमित फेला परेपछि वडाले कडा कदम चाल्ने निर्णय गरेको हो ।