विराटनगरका ६० सहित प्रदेश १ मा थपिए ११५ संक्रमित, २२ जना डिस्चार्ज

विराटनगरका ६० सहित प्रदेश १ मा थपिए ११५ संक्रमित, २२ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – विराटनगरका ६० जनासहित प्रदेश १ मा एक सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४ जना संक्रमित थपिएका प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाकारी दिएको छ ।

मोरङको विराटनगरमा मात्र २२ महिला ३८ पुरुष गरी जम्मा ६० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै बुढीगंगामा २५ पुरुष, कटारीमा २ महिला १ पुरुष, सुनसरीको इटहरीमा ३ महिला १० पुरुष, दुहवीमा ३ पुरुष, धरानमा १ महिला र बराहक्षेत्र र राधुनीमा १–१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, इलामको सन्दकपुरमा ४ जना पुरुष, झापाको विर्तामोडमा १ महिला र उदयपुरकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । त्यस्तै झापा र उदयपुरमा १–१ जना प्रदेश १ बाहिरका जिल्लाका रहेका छन् ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २६ पुगेको छ । त्यस्तै प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् भने डिस्चार्ज हुनेको कुल संख्या १ हजार ४० पुगेको छ ।