नेपाल प्रहरीका दुई जना डिआईजीमा कोरोना संक्रमण पुष्टि

नेपाल प्रहरीका दुई जना डिआईजीमा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका दुई जना डिआईजीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालका दुई जना डिआइजीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायतले दुई जना प्राविधिकतर्फका डिआइजीमा पनि संक्रमण देखिएको जानकारी दिए ।

बिहीबार अस्पतालका कर्मचारीहरूको कोरोना परीक्षण गर्न स्वाब निकालिएको थियो । उनले आइतबारसम्म हेडक्वार्टरमा एक सय ५५ जनामा संक्रमण देखिएको प्रवक्ता कडायतले जानकारी दिए ।

त्यस्तै महानगरीय प्रहरी कार्यालाय रानीपोखरीमा पनि ३० जना प्रहरीमा संक्रमण देखिएको एसएसपी कडायतले जानकारी दिए ।

नेपाल प्रहरीमा ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ सय ८० जना उपचाररत रहेका छन् भने २ सय ४० जना उपचारपछि काममा फर्किसकेका छन् ।