काठमाण्डु – भ्रष्टाचारको आरोपमा नेपाली सेनाका तीन जना अधिकृत सेवाबाट बर्खास्त भएका छन् ।
पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा ‘सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर समेत गरेको’ अभियोगमा समरी जनरल सैनिक अदालतले तीन जनालाई सेवाबाट बर्खास्त गर्ने फैसला गरेको हो ।
सैनिक ऐन, २०६३ बमोजिम दोषी ठहरिएका नेपाली सेनाका सहायक रथी प्रयोग ज.ब.रा., महासेनानी नविन सिल्वाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने फैसला भएको हो ।
साथै उक्त अदालतबाट सह सेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोज बहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्र बहादुर शाहीलाई नसिहत र महा सेनानी राजेन्द्र मणी गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) ले सफाई पाएका छन् ।
आर्थिक अनियमितता र भ्रष्टाचारको विषयमा शून्य सहनशीलता नीति अनुरुप स्वच्छ संगठन निर्माण एवम् सुदृढिकरणको कार्यमा प्रतिवद्ध रहेको सेनाले जनाएको छ ।




प्रतिक्रिया