काठमाडौं– नेपाल प्रहरीको इतिहासमा एउटा अर्को अनौठो घटना घटेको छ । प्रहरी मुख्यालयले आफ्नो सरुवा गरेको भन्दै नेपाल प्रहरीका एक जना उच्च अधिकारी प्रहरी मुख्यालयको निर्णय विरुद्धमा अदालतको ढोकासम्म पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रमुख समेत रहेका एसपी प्रकाश चन्दको गत साता प्रहरी मुख्यालयले सरुवा गरेको थियो ।
प्रहरी मुख्यालयले चन्दको ठाउमा एसपी डिल्लीराज विष्टलाई कंचनपुर सरुवा गर्ने निर्णय गरको थियो । निर्वाचन आयोगसंग स्विकृती लिएर विष्टलाई प्रहरी मुख्यालयले रमाना समेत दिइसकेको बेला एसपी चन्द भने आफ्नो सरुवा रोकिपाऊ भन्दै अदालत गएका हुन । कंचनपुर सरुवा भएका एसपी विष्ट महेन्द्रनगर हाजिर हुने तयारीमा थिए ।
चन्दले प्रहरी मुख्यालय र मानव स्रोत विकास प्रशासन उपशाखा काठमाडौंलाई विपक्षी बनाएका छन् । उनले आफ्नो सरुवा नियम विपरित भएको भन्दै अन्तरिम आदेशको माग समेत गरेका छन् ।
चन्दको निवेदनमा सुनुवाई गर्दै उच्च अदालत दिपायलका न्यायाधीस वीरेन्द्र कुमार कर्णले दुवै पक्षलाई छलफलका लागी कार्तीक ८ गते बोलाउने निर्णय गर्दै हाललाई रमाना नदिन आदेश दिइएको छ ।
एसपी चन्दको कार्यक्षमता कमजोर भएको, आर्थीक रुपमा समेत बिवादमा आएको भन्दै मुख्यालयले उनको सरुवा गरेको हो । चन्द कंचनपुर प्रहरी प्रमुखमा सरुवा भएको एक वर्षभन्दा बढी भइसकेको छ । उनि कंचनपुरमा हुदा आधा दर्जनभन्दा बढी हत्याका घटना हुदा समेत अहिलेसम्म कुनै एक घटनाको अनुसन्धान समेत हुन सकेको छैन् ।
चन्दको कार्यक्षमता कमजोर भएको भन्दै उनको सरुवाको लागी लामो समयअघिदेखी पहल भएपनि निर्वाचन आयोगको आचारसंहितको कारण उनको सरुवा रोकिएको थियो । चन्दले नेपाली कांग्रेसको कार्यालयमा गएर म्यादी प्रहरी भर्नाको बेला सुची बनाएको भन्दै बिवादमा समेत आएका थिए ।
उनि तीन महिनापछि ३० वर्षे सेवाअवधीका कारण अनिवार्य अवकासमा जादैछन् ।
प्रहरी मुख्यालयले एसपी विष्टलाई सबै प्रक्रिया पुर्याएर सरुवा गरेपनि अदालतले भने उनलाई कार्तीक ७ गतेसम्म कंचनपुरमै कायम राख्न आदेश दिएको हो ।
एसपी चन्दले प्रहरी मुख्यालयको विरुद्ध आफु अदालत गएको स्विकार गरे । उनले भने ‘निर्वाचन आचारसंहित विपरित आफ्नो सरुवा गरेकोले म अदालत गएको हो,तपाईले कसरी थाहा पाउनुभयो ’ ?
मुख्यालयले गरेको सरुवा निर्णयविरुद्ध अदालत जाने चन्द पहिलो प्रहरी अधिकारी हुन । नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले एसपी चन्द अदालत गएको पुष्टि गरे । उनले भने ‘सरुवाको निर्णयविरुद्ध प्रहरी अधिकारी अदालत गएको नेपाल प्रहरीमा यो पहिलो घटना हो । ’
यस्तो छ अदालतको निर्णय :




प्रतिक्रिया