कठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाले काभ्रेपलाञ्चोक जिल्लास्थित श्री नं.२६ बाहिनी अड्डा र विष्णुदल गणको निरीक्षण भ्रमण गरेका छन्। प्रधानसेनापति थापाले सोमबार उक्त निरीक्षण भ्रमण गरेका हुन्।
निरीक्षण भ्रमणको दौरान प्रधानसेनापति थापाले विष्णुदल गणको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकलदर्जालाई सम्बोधन गरेका थिए भने नं.२६ बाहिनी अड्डाको समेत निरीक्षण भ्रमण गरेका थिए ।




प्रतिक्रिया