दार्चुला – सशस्त्र प्रहरी बल नेपालले खलंगा–दल्लेख सडक खण्डमा गएको पहिरो पन्छाएको छ ।
अबिरल वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा सडक अबरुद्ध भएको थियो । खलंगा बजारदेखी काटै,सेला, दल्लेख नौगाड र देथला सम्म जोडिएको मोटरबाटो यस बर्ष बाढिका कारण अबरुद्ध बन्न पुगेको हो ।
मोटरमार्ग अबरुद्ध भए संगै मर्मा गाउ पालिका, नौगाड गाउपालिका र महाकाली नगरपालिका का २ र ३ नं वाडहरुमा जाने पैदल बाटो समेत पहिरो जादा पैदल यात्रीलाई जोखिमका साथै सास्ती पनि खेप्नु परेको थियो ।
सशस्त्र प्रहरीको ४४ नं गणबाट खटिएको २० जनाको टोलीले पहिरो हटाएर बाटो खुलाएको हो । गणपति नरेन्द्र बमले खलंगा बजारदेखि करीब २ किलोमिटर सडकमा झरेको पहिरो सशस्त्र प्रहरीको टोलीले पन्छाएको जानकारी दिए । पहिरो हटाएसँगै सर्वसाधारणलाई आवातजावतका लागि सहज भएको छ ।
पहिरो हटाएपछि प्रसिद्ध डुङरी मन्दिरमा पुजा गर्न जाने भक्तजनहरुलाईसमेत सहज भएको छ ।





प्रतिक्रिया