कोरोना नियन्त्रणमा १३ अर्ब खर्च

कोरोना नियन्त्रणमा १३ अर्ब खर्च

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले विश्वभरि महामारीको रूप लिइरहेको कोरोना भाइरस नियन्त्रणका लागि १३ अर्ब खर्च गरेको छ । सरकार प्रवक्ता युवराज खतिवडाले शुक्रबार मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै साउन मसान्तसम्मको खर्च विवरण सार्वजनिक गरेका छन् ।

डा. खतिवडाले गत चैतबाट साउन मसान्तसम्म कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले १३ अर्ब ३६ करोड ७० लाख रुपैयाँ बराबरको खर्च भएको जनाएका छन् ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि संघीय सञ्चित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ । जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २ अर्ब १७ करोड खर्च भएको छ । रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड, गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ ।

प्रवक्ता खतिवडाले कोभिड कोषबाट १ अर्ब ३ करोड विभिन्न निकायलाई दिइएको पनि जनाएका छन् । उनले प्रदेशहरूबाट १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको जनाए । प्रदेश नम्बर १ मा २० करोड ७१ लाख, प्रदेश नम्बर २ मा १७ करोड २ लाख र बाग्मती १३ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।