पक्राउको चर्चाबीच सकारलाई मिराजको आग्रह, ‘दशैंपछि रातमा होइन, दिउँसै गिरफ्तार गर्नु’

पक्राउको चर्चाबीच सकारलाई मिराजको आग्रह, ‘दशैंपछि रातमा होइन, दिउँसै गिरफ्तार गर्नु’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जेन-जी अभियन्ता मिराज ढुंगानाले आफू र केही अन्य जेन-जी साथीहरूलाई मध्यरातमा पक्राउ गर्न लागिएको खबर आइरहेको बताएका छन्।

उनले आफूले अघि सार्न चाहेको राजनीतिक अभियान र पक्राउबारे सरकारलाई व्यङ्ग्यात्मक आग्रह गरेका छन्, ‘दशैंपछि गर्नुहोला, गिरफ्तारी पनि दिनमा परोस्।’

ढुंगानाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म लगायत अरू केही जेनजी साथीहरूलाई मध्यरातमा गिरफ्तार गर्ने खबर आइरहेको रहेछ। म तेस्रो ध्रुव र यो जनविद्रोहपछि चाहिएको वास्तविक वैकल्पिक शक्तिको वकालत दशैंपछि गर्छु। गिरफ्तार पनि दिनमा दिउँसो परेर दशैंपछि गर्नुहोला सरकारलाई मेरो आग्रह। आजकल देश राति मात्रै बन्दो रहेछ, के गर्नु होला!’

उनको यो अभिव्यक्ति लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध जेन-जी समूहले विरोध जनाइरहेका बेला आएको हो।

राष्ट्रिय जेन-जी नागरिक अभियानले नियुक्ति रद्द गर्न माग गर्दै माग सम्बोधन नभए बृहत् नागरिक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। अभियानले डोल्माको नागरिकता र सम्पत्तिसम्बन्धी विषय अनुसन्धानको दायरामा रहेको दाबी गरेको छ। यी आरोपबारे डोल्माको प्रतिक्रिया आएको छैन।

ढुंगानाले आफूहरूलाई पक्राउ गर्ने तयारी भएको आशंका व्यक्त गरेका छन्। तर प्रहरीले पक्राउको तयारी सरकारी सूचना अहिलेसम्म छैन।

डोल्माको नियुक्ति फिर्ता नभए कात्तिक ९ गतेदेखि आन्दोलन गर्ने चेतावनी अभियानले दिएको छ। सरकारले उनीहरूको मागबारे के निर्णय गर्छ स्पष्ट भइसकेको छैन। तर गायिकासमेत रहेकी डोल्मालाई मनी लन्ड्रिङसहितका पुराना तर गम्भीर आरोपले पिरोलेको छ।