वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज – वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पर्साको बहुदरमाई नगरपालिका डोकैला बहुअरी निवासी ६१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।

मृगौला र मधुमेहका रोगी रहेका ती पुरुषको स्वास्थ्य अवस्था बिग्रिएपछि साउन ३१ मा आफन्तले वीरगन्जको अली अर्थो ट्रमा सेन्टरमा भर्ना गरेका थिए । पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भदौ ४ गते कोरोना अस्पतालमा रेफर गरिएको थियो ।

कोरोना अस्पतालमा उपचारकै क्रममा शनिबार बिहान उनको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।