महाराजगञ्ज वृतमा कैदीबाट सर्‍यो प्रहरीमा कोरोना

महाराजगञ्ज वृतमा कैदीबाट सर्‍यो प्रहरीमा कोरोना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महाराजगञ्ज वृतमा एक जना थुनुवासहित पाँच जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीकाअनुसार मनमैंजुमा हत्या काण्डमा पक्राउ परेका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको सम्पर्कमा आएका पाँच जना प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

साउन ३० गते नुवाकोटका लक्ष्मण तामाङको हत्या आरोपमा पक्राउ परेका पुरुषमा कोरोना संक्रमण पाइएको हो । संक्रमित सबैलाई आइसोलेसनमा पठाइएको एसएसपी ज्ञवालीले जानकारी दिए ।

एसएसपी ज्ञवालीले संक्रमितको सम्पर्कमा आएका अन्य प्रहरीको पनि स्वाव संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिए ।