काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा २८१ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १८ हजार ६ सय ३१ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
विगत २४ घण्टामा ८ हजार २६ जनाको पिसिआर परीक्षण भएको छ । आइसोलेसनमा रहेकाहरुको संख्या ९ हजार १ सय १२ रहेको छ भने होम आइसोलेसनमा ३ हजार ९ सय ४३ रहेको डा. गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा नेपालमा ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ ।




प्रतिक्रिया