कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । आइतबार भक्तपुर, धनुषा र रुपन्देहीमा कोरोनाबाट तीन जनाको मृत्यु भएको हो ।

शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा डायलाइसिस गराउन आएका एक जना पुरुषको मृत्यु भएको छ । मृतक बुटवलका ५२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको केन्द्रका प्रमुख डा. प्रेम ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार प्रत्यारोपण केन्द्रमा पुगेका उनको डायलाइसिस नै गर्न नपाइ मृत्यु भएको हो । उनी आफन्तसहित दिउँसो १ बजेतिर अस्पताल पुगेका थिए ।

त्यस्तै रूपन्देहीका एक पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको छ । जिल्लाको रोहिणी गाउंपालिका–३ धकधईका ५३ वर्षीय पुरुषको उपचारका लागि अस्प्ताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।

उपचारका लागि भारत लैजाँदै गरेका ती पुरुषको बाटैमा मृत्यु भएपछि बुटवलको नेशनल प्याथ ल्याबमा कोरोना परीक्षण गरिएको थियो । उनको शव जलाउनै लाग्दा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितको शव आफन्तले जलाएका छन भने करिब एक सय जना मलामीको दाहसंस्कार नै नगरी फर्किएका छन् ।

त्यस्तै धनुषामा पनि एक जना कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जनकपुरधाम उप–महानगरपालिका–२० रुपैठाका ५८ बर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।