दुबईमा अड्किएका २६२ नेपाली काठमाण्डु ओर्लिए

दुबईमा अड्किएका २६२ नेपाली काठमाण्डु ओर्लिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले काठमाण्डु ल्याएको हो ।

दुबईबाट नेपाली लिएर फर्किएको जहाज केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । निगमको जहाजले दुबईबाट २६२ यात्रु र दुई बच्चा काठमाण्डु ल्याएको निगमका अपरेशनल विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिए । उक्त जहाजले काठमाण्डुबाट दुईब उडानमा १६४ यात्रु र एक बच्चा लगेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको स्वीकृतिमा निगमले काठमाण्डु–दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो । निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाण्डुका लागि तय गरिएको उडान यात्रुलाई काठमाण्डुमा क्वारेन्टाइनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगित गरेको थियो । निगमको वाइड बडी जहाज दुबईबाट रित्तै काठमाण्डु फर्किएको थियो । उडानका लागि दुबई एयरपोर्टमा तयारी अवस्थामा रहेका यात्रु अलपत्र परेका थिए ।

उक्त दिन दुबइबाट काठमाण्डु उडानका लागि टिकट लिइसकेका यात्रुलाई आज काठमाण्डु ल्याइएको हो । हालैको मन्त्रिपरिषद् वैठकले उद्धार उडान सञ्चालन गर्न अनुमति दिएको थियो ।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार आज विभिन्न मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन तथा कार्गोका लागि आगमन र प्रस्थान दुबै गरी चार अन्तर्राष्ट्रिय उडान भएका छन् । नेपाल एयरलाइन्सले दुबईबाट नेपालीको उद्धार गरी काठमाण्डु ल्याएको छ भने हिमालय एयरलाइन्सको चीनको कुनमिङमा दुई उडान हुनेछ ।

हिमालयका दुबै जहाज आज राति गन्तब्यतर्फ उड्ने विमानस्थलले जनाएको छ । आजै भोल्गा ड्नेपर एयरलाइन्स नागपुरबाट १७ हजार केजी कार्गो काठमाण्डु ल्याएको छ । सोमबार पनि उद्धार तथा कार्गो गरी चार अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले उडान तालिका सार्वजनिक गरेको छ ।