काठमाण्डु – वि.सं.२०७७ साल भाद्र ०८ गते । सोमबार । ईश्वी सन् २०२० अगष्ट २३ तारिख । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३१ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछी पारी आफू अगाडी बढ्ने समय रहेको छ भने प्रविधिको प्रयोग गरि निरन्तरता दिन सकिनेछ । व्यापार व्यावसायमा मन्दि आउने तथा आम्दानी घट्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) वादविवाद तथा प्रतिस्पर्धामा तपार्ईँको जित निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । मायाप्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बौद्धिक व्याक्तित्वहरु सामु तपार्ईँले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनमा अभिरुची बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहने हुदा उपलव्धी मुलक कामहरु समयमा नै सम्पन्न हुनेछन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रेममा रमाउँन चाहनेहरुका लागी समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खोज तथा अनुशन्धानमा उपलव्धी मुलक नतिजा नआए पनी आगामी दिनहरुमा काम गर्न सहज हुनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे लाभ लिन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दाजुभाई तथा छिमेकिबाट तपार्ईँले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रशन्न हुनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा प्रविधिको सहयोगले प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्त बिचको सम्बन्धमा सुधार भएर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पती प्रयोग गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विशिष्ट व्याक्ती हरुलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । प्रविधिको सहयोगले पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माता पिताको सहयोगले राम्रा कामगरी समाजमा नाम तथा दाम दुवै कमाउँन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्त तथा आफूले मन पराएको मानिससँग दुरी बढ्ने योग रहेकोछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गाली खाईनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ ।




प्रतिक्रिया