काठमाण्डुका मेयरलाई गगनले भनेः कोरोना नियन्त्रण गर्न हामीसँग समन्वय गर्नुहोस्

काठमाण्डुका मेयरलाई गगनले भनेः कोरोना नियन्त्रण गर्न हामीसँग समन्वय गर्नुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग भेट गरेका छन् ।

सोमबार बिहान मेयरको कार्यकक्षमा भेट गर्दै सांसद थापाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि पिसिआर परीक्षणको दायरा बढाउन सुझाव दिएका छन् । उनले महानगरभित्र कन्ट्याक्ट् ट्रेसिङ ढिला भएकाले थप समस्या देखा परेको बताएका छन् ।

सांसद थापाले कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी रहेकाले महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र आइसोलेसन लगायतको प्रभावकारी व्यवस्थापन गर्न सके कोरोना नियन्त्रणमा सफलता प्राप्त हुने बताएका छन् ।

‘साँघुरो रहेको छ, जसले हामीलाई झन् समस्याग्रस्त बनाउँछ । यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ । यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्नुपर्छ, ’ उनले सुझाव दिँदै भने, ‘कन्ट्याक्ट् ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन । यी सबैको टेस्ट वार्ड/टोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउनुपर्छ ।’

त्यस्तै सांसद थापाले काठमाण्डुबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको सल्लाह सुझाव लिएरु अगाडि बढ्न आग्रह गरेका छन् ।

‘काठमाण्डुबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसंग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिनुस् । हामी सँगै काम गर्न चाहान्छौं । तपाईँ सफल हुनुभनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो , त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस्’, उनले भने ।

यस्ता छन् सांसद थापाले मेयर शाक्यलाई दिएका सुझावः

१. काठमाण्डुबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसंग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिनुस् । हामी सँगै काम गर्न चाहान्छौं । तपाईँ सफल हुनुभनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो , त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस् । महानगरभित्र कन्ट्याक्ट् ट्रेसिङ ढिला छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झन् समस्याग्रस्त बनाउँछ । यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ । यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्न ।

२.कन्ट्याक्ट् ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन । यी सबैको टेस्ट वार्ड÷टोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन ।

३ .अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व हो तर आइसोलेसनको जिम्मा स्थानीय सरकारले गर्नुपर्छ । काठमाण्डुका अन्य नगरपालिकासंग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्न ।

४.खाद्यान्न पसल दिनको १–२ घण्टा मात्र खोल्न दिंदा झन् भिडभाड बढ्ने हुन्छ । त्यसैले पसल बिहान ६ देखि राती ८ सम्म खोल्नुपर्ने,सामान किन्न स्थानीय तहले एक घर एक पासको व्यवस्था गर्ने जसले गर्दा घर पिच्छे सामान पनि पाइन्छ र भिड पनि नहुने हुन्छ ।

५. कोरोना संक्रमण संग जोडिएका विभिन्न सुचनाहरुलाई लिएर नगरवासी अलमलमा परेका छन् । नगरवासी अलमलमा परेका छन् । नगरवासीलाई अलमल नहोस् भन्नको लागि नागरिकलाई स्वास्थ्य लगायत कुनै पनि अफ्ठ्यारो पर्दा सम्पर्क र समन्वय गर्न वडा अनुसार निश्चित संयन्त्र बनाउन र सो को प्रभावकारी सम्प्रेषण गर्न ।

उच्च जोखिममा रहेको काठमाण्डुलाई दुर्घटनाबाट बचाउन महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्त्वपूर्ण छ । हामी सबै सहयोग गर्न तयार छौँ । सबै तह र निकायसंग समन्वय गर्नुहोस् । महानगरको संरचनालाई गतिशील बनाउनुहोस् । आवश्यक स्रोत र जनशक्ति परिचालन गर्नुहोस् । नागरिकको सुरक्षा नै हामी सबैको पहिलो प्राथमिकता हो ।