दसैँको अवसरमा नेपाल प्रहरीको नि:शुल्क बससेवा सञ्चालन

दसैँको अवसरमा नेपाल प्रहरीको नि:शुल्क बससेवा सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीले दसैँको अवसरमा नि:शुल्क बससेवा सञ्चालन गरेको छ ।

नेपाल प्रहरीले बडा दसैँको अवसरमा काठमाण्डु उपत्यकामा आमनागरिकको सुविधा र सहज आवागमनका लागि नि:शुल्क बस सेवा सञ्चालन गरेको हो ।

नेपाल प्रहरीले दसैँमा यात्रुको सहजताका लागि उपत्यकाका ३ रूटमा कात्तिक ३ र ४ गते नि:शुल्क बस सञ्चालन गरेको हो । रूट नम्बर १ मा नक्सालबाट सुरू भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल हल हुँदै पुन: नक्सालमा फर्किने नेपाल प्रहरीले जनाएको छ ।

रूट नम्बर २ अन्तर्गत नक्सालबाट सुरू भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै पुन: नक्सालमा फर्किनेछ ।

रूट नम्बर ३ अन्तर्गत नक्सालबाट सुरू भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायण गोपाल चोक चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्त कुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ, महाराजगञ्ज हुँदै पुन: नक्सालमा फर्किनेछ प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैगरी नि:शुल्क बस सेवाले विशेषगरी सार्वजनिक यातायातको अभावमा रहेका यात्रुलाई ठूलो राहत मिल्ने अपेक्षा नेपाल प्रहरीले गरेको छ ।

नि:शुल्क बस सेवा पहिलो सिफ्टअन्तर्गत मंगलबार दिउँसो ४ बजेबाट ३ वटै रूटमा सञ्चालन भएको छ । यसैगरी बुधबार टीकाको दिन पहिलो सिफ्ट बिहान ८ बजेबाट र दोस्रो सिफ्ट दिउँसो ३:३० बजेबाट रूटमा सञ्चालन हुने प्रहरीले जनाएको छ ।