डोल्पामा विषालु च्याउ खाँदा चारजना बिरामी,हेलिकोप्टरबाट नेपालगन्ज लगियो

डोल्पामा विषालु च्याउ खाँदा चारजना बिरामी,हेलिकोप्टरबाट नेपालगन्ज लगियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाण्डु – डोल्पामा जंगली च्याउ खाँदा चार जना बिरामी भएका छन् । डोल्पाको ठूलीभेरी नगरपालिकामा जंगली विषालु च्याउ खाँदा चार जना बिरामी भएका हुन् ।

आइतबार साँझको खानासँगै जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३२ वर्षका सुर्यबहादुर शाही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ का सत्यबहादुर शाही गम्भीर बिमारी परेका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

बिहान ७ बजे बिरामी भएको खबर भएपछि स्थानीय तहको समन्वयमा काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर मगाइएको बताए । ‘चारैजनाको अवस्था सिकिस्त छ, उनीहरुलाई सिम्रिक एयरको हेलिकप्टरबाट नेपालगन्ज पठाइएको जानकारी दिए ।