काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा १७५ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १८ हजार ८ सय ०६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
विगत २४ घण्टामा ११ हजार २ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।




प्रतिक्रिया