काठमाण्डु – काठमाण्डु उपत्यका नगरपालिका मेयर फोरमले उपत्यकामा भदौ १५ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय भएकोछ ।
सोमबार बसेको फोरमको बैठकले कोरोना भाइरसको संक्रमण जोखिम बढेकाले भदौ १५ गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।
फोरमले काठमाण्डु, भक्तपुर र ललितपुरमा कोरोना संक्रमण टरिनसकेकाले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
बैठकले निषेधाज्ञाको स्थितिलाई पनि भदौ १५ गते सम्म कायम गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णय समेत गरेको छ ।
यसबाहेक कोभिड १९ संक्रमित व्यक्तिको कन्टयाक्ट ट्रेसिङमा परेका सबै मानिसको पीसीआर परिक्षण स्वास्थ्य मन्त्रालय अन्तर्गतको ‘केस इन्भेष्टिगेसन एण्ड कन्टयाक्ट ट्रेसिङ’सँगको सहकार्यमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।
पछिल्लो समय काठमाण्डु उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेको छ ।




प्रतिक्रिया