विद्युतीय भुक्तानी प्रोत्साहन गर्न एनआइसी एशिया बैंकले ल्यायो ‘सुपर सिक्स योजना’

विद्युतीय भुक्तानी प्रोत्साहन गर्न एनआइसी एशिया बैंकले ल्यायो ‘सुपर सिक्स योजना’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एनआईसी एसिया बैंकले कोभिड १९ महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ।

योजनाअनुरुप ग्राहकले यस बैंकको मोबाइल बैंकिङमार्फत हप्तामा छवटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा ५ सय रुपैयाँसम्म रकम फिर्ता प्राप्त गर्न सक्नेछन्।

यो योजना यही भदौ २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने र न्यूनतम सय रुपैयाँसम्मको कारोबार ग्राहकले गर्नुपर्ने व्यवस्था रहेको बैंकले जनाएको छ।

डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको बैंकले १५ हजारभन्दा बढी क्युआर मर्चेन्ट्समार्फत उत्साहजनक विद्युतीय कारोबार हुँदै आएकोमा कोरोना भाइरसको यस विषम परिस्थितिमा जुनसुकै स्थानबाट जुनसुकै समयमा सम्पूर्ण कारोबार मोबाइल बैंकिङ्गमार्फत गर्न ग्राहकलाई प्रोत्साहन लागि यस्तो योजना ल्याएको हो।

महामारीको बेला ग्राहकको सुरक्षाका निमित्त बिजुली एवं खानेपानीको महसुल, मोबाइल रिचार्ज खरिद, बीमा प्रिमियम भुक्तानी, टेलिभिजनको बील लगायतका घरायसी बीलको जुनसुकै स्थानबाट जुनसुकै समयमा विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था बैंकले गरेको छ। योजनामा मोबाइल बैंकिङ्गमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर र क्रेडिट कार्ड भुक्तानीलाई समावेश गरिएको छैन।

बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २३ सय वटाभन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ।

डिजिटल फर्स्ट बैंक बन्ने आफ्नो दीर्घकालीन रणनीतिअनुरूप ग्राहकको संख्या विस्तार गर्ने लक्ष्यलाई मूर्तरूप दिँदै आएको यस बैंकले गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भई कुल २२ लाख ग्राहकहरूमाझ यस बैंकले डिजिटल सेवा विस्तार गर्न सफल भएको छ। जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धिहरूमध्ये उच्चतम वृद्धि हो।

गत आर्थिक वर्षमा मात्रै बैंकले डिजिटल बैंकिङ्गतर्फ उल्लेखनीय उपलब्धि हासिल गर्दै हाल ८ लाख ६६ हजार डेबिट कार्ड, १२ लाख १ हजार मोबाइल बैंकिङ्ग र १ लाख १२ हजार इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताहरू पु¥याएको छ भने १५ हजारभन्दा बढी क्युआर मर्चेन्ट्स र करिब ४ हजार पस मर्चेन्टमार्फत ग्राहकलाई डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।