काठमाण्डुमा कोरोनाबाट कांग्रेस नेताको निधन

काठमाण्डुमा कोरोनाबाट कांग्रेस नेताको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट काठमाण्डुमा एक जना कांग्रेस नेताको निधन भएको छ । कांग्रेस काठमाण्डु महानगरपालिका वडा नं. २१ कार्यसमिति सभापति गोविन्द रञ्जितको कोरोना संक्रमणका कारण निधन भएको हो ।

बलम्बुस्थित सशस्त्र प्रहरी बल कोभिड–१९ अस्पतालमा उपचाररत नेता रञ्जितको मंगलबार बिहान निधन भएको हो । रुघाखोकी लागेका नेता रञ्जितलाई भेन्टिलेटरमा राखेर उपचार गराइँदै थियो ।