काठमाण्डु – काठमाण्डु उपत्यकामा पुनः एक हप्ता निषेधाज्ञा थप्न तीन जिल्लाका सिडिओहरुको बैठक बस्दैछ । कोरोना भाइरसको संक्रमण नियन्त्रण रोकथा तथा व्यवस्थापन र निषेधाज्ञाबारे छलफल गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बस्ने भएको हो ।
काठमाण्डु उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेकाले निषेधाज्ञा थप्ने तयारी भएको हो । बैठकमा काठमाण्डु, भक्तपुर र ललितपुरका सिडिओ, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखहरुको उपस्थिति हुनेछ ।
सोमबार काठमाण्डु उपत्यका नगरपालिका मेयर फोरमले उपत्यकामा भदौ १५ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको थियो ।
फोरमको बैठकले कोरोना भाइरसको संक्रमण जोखिम बढेकाले भदौ १५ गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।




प्रतिक्रिया