कोरोनाबाट काठमाण्डुसहित थप चार जनाको मृत्यु

कोरोनाबाट काठमाण्डुसहित थप चार जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । काठमाण्डु र वीरगञ्जमा चार जना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाण्डु चावहिलकी ७१ वर्षीया महिला रहेकी छन् । उनको सोमबार चावहिलको दीर्घायु गुरु अस्पतालमा मृत्यु भएको हो । वीरगञ्जमा मृत्यु भएका तीन जनामध्ये दुई जना बाराका छन् भने पर्साका एक जना रहेका छन् ।

वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मंगलबार बाराको विश्रामपुर गाउँपालिका–५ का ७२ वर्षीय पुरुष र महागढीमाई नगरपालिका–४ का ५९ वर्षीय पुरुषको मृत्यु भएको हो । त्यस्तै पर्साका मृत्यु हुनेमा विश्रामपुरका ७२ वर्षीय पुरुष रहेका छन् ।