गोकुल बाँस्कोटा प्रकरणबारे डिलाको प्रश्नः अख्तियार लाचार भएको त हैन ?

गोकुल बाँस्कोटा प्रकरणबारे डिलाको प्रश्नः अख्तियार लाचार भएको त हैन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालाई ७० करोड घुस काण्डबारे उन्मुक्ती दिन खोजिएको बताएकी छन् ।

७० करोड घुसकाण्डबारे अख्तियार दुरुपोयग अनुसन्धान आयोगमा मुद्धा खेपिरहेका बाँस्कोटाको फाइल तामेलीमा पठाउने विषयमा उनले आपत्ति जनाएकी हुन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी सांसद संग्रौलाले बाँस्कोटालाई उन्मुक्ती दिने विषयमा सरकारमाथि आशंका व्यक्त गरेकी छन् ।

‘तामेलीमा पठाउने सूचनाले जनतामा सानालाई प्रक्रने र ठुलालाई प्रमाण नपुगेको भनी मुद्दा ढिसमिस गर्ने प्रचलनले न्याय अब हराएकै हो कि भन्ने आभास भएको छ’, उनले भनिन्, ‘प्रधानमन्त्री केपी ओलीका प्रिय पात्र भनिने बाँस्कोटालाई यसरी उन्मुक्ति दिन खोज्नु कहिँ कतै सत्ताको इसारामा अख्तियार लाचार छाँया भएको त हैन ? आम नेपालीले प्रश्न उठाएका छन् ।’

त्यस्तै उनले तत्कालिन मन्त्री बाँस्कोटाको कार्यकक्षमा रेकर्डिङ भएको अडियोको कमिसनमा अख्तियारको किन आँखा पुग्न सकेन भन्दै प्रश्न तेर्साएकी छन् ।

‘गोकुल बाँस्कोटा कै कार्यकक्षमा रेकर्डिङ भएको अडियोको कमिसनमा किन अख्तियारको आँखा पुग्न नसकेको हो ? सत्ताको आडमा संबैधानिक निकाय चल्ने हो भने सर्बसाधारण जनताले कहिले न्याय पाउलान्’, उनको प्रश्न छ ।