काठमाण्डु – नेपालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर, महोत्तरी र बाराका चार जनाको मृत्यु भएको हो ।
मृतकमध्ये भक्तपुर सुर्यविनायक–८ का ५५ वर्षीय पुरुषका मंगलबार राती मृत्युु भएको हो । मुटु र थाईराईडबाट पीडित उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै विराटनगरमा एक जना कोरोना संक्रमित महोत्तरीका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । महोत्तरीका ६० वर्षीय पुरुषको मंगलबार राति ११ बजे न्यूरो अस्पतालमा मृत्यु भएको छ । टाउकोको नशा सुकेर प्यारालाईसिसको समस्या भएका पुरुष न्यूरोको भेन्टिलेटरमा उपचाररत थिए ।
बारामा दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१ र विश्रामपुर गाउँपालिका–१ छतवाका दुई जनाको वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक संक्रमित दुवै पुरुष हुन् ।




प्रतिक्रिया