नेपालमा पछिल्लो २४ घण्टामा थपिए ८८५ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ८८५ कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय ८५ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १९ हजार ५ सय ४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

विगत २४ घण्टामा १३ हजार २ सय ५३ जनाको पिसिआर परीक्षण भएको छ । त्यस्तै आइसोलेसनमा रहनेहरुको संख्या १४ हजार २ सय ५० रहेका छन् ।

त्यस्तै सक्रिय संक्रमितहरुको संख्या १४ हजार ७ सय ३९ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ ।