कोरोना संक्रमणबाट ललितपुर र वीरगञ्जका दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट ललितपुर र वीरगञ्जका दुई जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । ललितपुर र वीरगञ्जका दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

पाटन अस्पतालमा उपचाररत ललितपुरकी ६५ वर्षीया महिलाको बिहीबार राती मृत्यु भएको छ । भदौ ९ गते अस्पताल भर्ना भएकी महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

त्यस्तै वीरगञ्ज हेल्थ केयर अस्पतालमा १४ नम्बर वडाका ६२ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

दुवै मृगौला फेल भएका ती पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । दुईवटै शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ ।