कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विभिन्न जिल्लामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्की, अर्घाखाँची र पर्सामा चार जना संक्रमितको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत महिलाको बिहान ८ः०० बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।

गत भदौ ७ गते कोरोना पुष्टि भइ ती महिला अस्पतालमा भर्ना भएकामा बुधबार राति अवस्था गम्भीर भएपछि भेन्टीलेटरमा राखेर उपचार शुरु गरिएको उनले जानकारी दिए ।

त्यस्तै ललितपुरको किस्ट अस्प्तालमा अर्घाखाँचीका एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।  भदौ ७ गते अस्प्ताल भर्ना भएका ती पुरुष स्वासप्रस्वासलगातका समस्याले पीडित थिए ।

पर्सामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्जको अस्पतालमा उपचारका क्रममा पर्साका २ र बाराका १ गर्भवती महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीका ६२ वर्षीय पुरुष, बाराको सुर्वण गाँउपालिका–४ हर्दिया गाँउकी २३ वर्षीया गर्भवती महिला