काठमाण्डु – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलामान घिसिङलाई पुनः नियुक्ती दिने विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ ।
सरकारका प्रवक्ता, अर्थ एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाले बिहीबार पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । प्रवक्ता खतिवडाले घिसिङलाई सरकारले पुनः नियुक्ती नदिएको र सामाजिक सञ्जालले नै नियक्ती दिएको बताए ।
‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ती दिएको होला । सरकारले दिएको छैन । सामजिक सञ्जालले दिएको नियुक्ती सरकारलाई थाहा हुने कुरा भएन’, उनले भने, ‘तर, औपचारिक प्रस्ताव पछि आएको छैन् । त्यससम्बन्धी छलफल पनि केही भएको होइन ।’
त्यस्तै उनले विदेशबाट आउने नेपालीहरुले सस्तो होटलमा बस्न सक्ने बताएका छन् । होटलको बिल महँगो भएको भन्दै विरोध भइरहेको अवस्थामा उनले सस्तो होटलको व्यवस्था पनि रहेको स्पष्ट पारेका छन् ।




प्रतिक्रिया