एकैदिन थपिए ११ सय ११ कोरोना संक्रमित, ५६९ जना डिस्चार्ज

एकैदिन थपिए ११ सय ११ कोरोना संक्रमित, ५६९ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ सय ६९ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा २० हजार ७३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

विगत २४ घण्टामा १२ हजार ६ सय २९ जनाको पिसिआर परीक्षण भएको छ । त्यस्तै आइसोलेसनमा रहनेहरुको संख्या १५ हजार २ सय ७३ रहेका छन् ।

क्वारेन्टाइनमा रहेकाहरुको संख्या ९ हजार चार सय ८८ छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या एक ससय ८३ पुगेको छ ।