विराटनगरमा नेपाल आयल निगमको ट्याङ्कर पड्कियो

विराटनगरमा नेपाल आयल निगमको ट्याङ्कर पड्कियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विराटनगरमा नेपाल आयल निगमको इन्धन बोक्ने ट्याङ्कर पड्किएको छ । ट्याङ्क पड्किए पनि मानवीय क्षति भएको छैन् ।

ग्यारेजमा पार्किङ गरिराखेको ना ४ ख ७१६६ नम्बरको ट्यांकर विष्फोट हुँदा पछाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

इन्धन नभएको उक्त ट्याङ्कर पड्किँदा वरिपरिका केही घरमा क्षति पुगेको छ । शुक्रबारको घटनाले सो स्थानको ग्यारेज तत्कालै हटाउनु पर्ने स्थानीयको माग छ ।