काठमाण्डु उपत्यका प्रवेश गर्ने मुख्य नाकामा कडाइ गर्दै स्थानीय तह

काठमाण्डु उपत्यका प्रवेश गर्ने मुख्य नाकामा कडाइ गर्दै स्थानीय तह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-   सङ्क्रमित बढ्दै जाँदा काठमाण्डु उपत्यका प्रवेश गर्ने मुख्य नाकामा कडाइ गर्न स्थानीय तह व्यस्त छन् । साथै उनीहरूले प्रवेश नाका व्यवस्थित गर्न सुरक्षाकर्मीसँग समन्वय पनि गरिरहेका छन् ।

काठमाण्डु उपत्यकामा दिनहुँ सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । काठमाण्डु उपत्यकामा निषेधाज्ञाले आवतजावतमा कमी आए पनि स्थानीय सरकारले सुरक्षाकर्मी र स्थानीय प्रशासनलाई आवश्यक सहजीकरण गर्ने काम गरिरहेका छन् ।

काठमाण्डु प्रवेश गर्ने मुख्य नाका जोडिएका सूर्यविनायक, दक्षिणकाली, चन्द्रागिरि, तारकेश्वर, शङ्खरापुर नगरपालिकाले आवश्यक सहजीकरण गरिरहेका ती नगरपालिकाले जनाएका छन् ।

कतै स्थानीय प्रशासनलाई सहजीकरण गर्ने काम भएका छन् भने कतिपय नगरपालिकाले आफैँ स्वयंसेवक परिचालन गरी आवतजावतमा कडाइ गर्दै आएका छन् । केही नगरपालिकाले नाकामा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) राखेर नाकामा खटिने प्रशासन र सुरक्षाकर्मीको नियमित स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

दक्षिणकाली नगरपालिकाले हेटौँडाबाट उपत्यका प्रवेश गर्ने मुख्य नाका राम्चे र हुमाने भञ्ज्याङमा स्वयंसेवक परिचालन गरी उपत्यका प्रवेशमा कडाइ गरेको छ । स्वयंसेवकले स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई आवश्यक सहयोग गर्ने काम गरिरहेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।