टिचिङ अस्पतालमा कोरोना संक्रमित युवतीको मृत्यु

टिचिङ अस्पतालमा कोरोना संक्रमित युवतीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट त्रिवि शिक्षण अस्पतालमा एक जना युवतीको मृत्यु भएको छ । तनहुँको व्यास–२ कालिका मार्गकी युवतीको काठमाण्डुमा उपचारकका क्रममा मृत्यु भएको हो ।

मिर्गौला रोगले पीडित युवती उपचारका लागि गत भदौ ४ गते काठमाण्डु आएकी थिइन् । उनलाई आज बिहान कोरोना संक्रमण पुष्टि भएको थियो ।

सुरुमा हल्का अस्पतालमा भर्ना भएकी युवतीको मिर्गौला फेल भएको चिकित्सकले बताएका थिए । उनको शव नेपाली सेनाको टोलीले अन्त्येष्टि गरेको छ ।