भक्तपुरमा कोरोनाबाट आमाको मृत्यु भएको चार दिनपछि छोराको पनि ज्यान गयो

भक्तपुरमा कोरोनाबाट आमाको मृत्यु भएको चार दिनपछि छोराको पनि ज्यान गयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललितपुरस्थित पाटन अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत भक्तपुरका ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

भक्तपुर मध्यपुर थिमि नगरपालिका–७ का संक्रमति पुरुषको मंगलबार उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनकी आमाको १३ गते कोरोनाबाट पाटन अस्पतालमा मृत्यु भएको थियो । आमा छोराको चार दिनको फरकमा मृत्यु भएको हो ।

मृतक पुरुषका बाबु, श्रीमती र दुई छोराछोरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।