काठमाण्डु उपत्यकामा थपिए ३८८ जना कोरोना संक्रमित

काठमाण्डु उपत्यकामा थपिए ३८८ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ३५०, भक्तपुरमा ९ र ललितपुरमा २९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समय काठमाण्डु उपत्यकामा कोरोना संक्रमणको दर बढिरहेकाले प्रशासनले निषेधाज्ञालाई निरन्तरता दिइरहेको छ ।