अर्थमन्त्री खतिवडाले आजै राजीनामा दिने

अर्थमन्त्री खतिवडाले आजै राजीनामा दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री तथा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज (शुक्रबार) साँझसम्म आफूले मन्त्री पदबाट राजीनामा दिने जानकारी गराएका छन्।

शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले उक्त जानकारी गराएका हुन् । खतिवडाले बैठकमा आफ्ना धारणा राख्ने क्रममा आज साँझसम्ममा आफूले राजीनामा दिने तयारी गरेको जानकारी गराएका थिए।

मन्त्री खतिवडाको मन्त्री पदः भोलिबाट सकिँदैछ। खतिवडाले त्यसअघि नै राजीनामा दिन लागेका हुन्। गत फागुनमा राष्ट्रिय सभाको दुई वर्ष कार्यकाल सकिए पनि उनी मन्त्री बनेका थिए। उनी मन्त्री भएको शनिवार ६ महिना पुग्दैछ।

राष्ट्रपतिले मनोनित गर्ने रिक्त राष्ट्रिय सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गरेको छ। यससँगै खतिवडा मन्त्रपरिषदबाट बिदा हुन लागेका हुन्।