बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।

पोखराले उनलाई बुधबार टोलीमा अनुबन्ध गरेको जनाएको हो । ‘बङ्गलादेशका उत्कृष्ट अलराउन्डर तथा आईसीसी टी–२० अन्तरराष्ट्रिय बलिङ वरियतामा आठौँ स्थानमा रहेका हसन एनपीएलको तेस्रो संस्करणमा एभेन्जर्सको जर्सीमा खेल्नेछन्,’ पोखराले बुधबार सामाजिक सञ्जाल फेसबूक पेजमा लेखेको छ ।

३१ वर्षीय मेहदीले हालसम्म बङ्गलादेशका ७८ टी–२० अन्तरराष्ट्रिय र १२ एकदिवसीय अन्तरराष्ट्रिय खेल खेलेका छन् । उनले टी–२० मा ७८ र एकदिवसीयमा १५ विकेट लिएका छन् ।

मेहदीले विभिन्न ६ वटा टोलीबाट बङ्गलादेश प्रिमियर लिग (बीपीएल) समेत खेलेका छन् । एनपीएल उनका लागि पहिलो विदेशी लिग हुनेछ । पोखराले तेस्रो संस्करणको एनपीएलका लागि बङ्गलादेशका पूर्वकप्तान शाकिब अल हसनलाई पनि अनुबन्ध गरिसकेको छ ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाण्डुमा आयोजना हुँदैछ ।