धरानमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

धरानमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान धरानमा बिराटनगर–११ की ४३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उनको शुक्रबार साँझ ६ः३५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

उनलाई बिहीबार कोभिड(१९ पुष्टि भएपछि न्युरो अस्पताल विराटनगरले धरानमा रिफर गरेको थियो। उनी विगत ४ वर्षदेखि उच्च रक्तचापबाटसमेत पीडित रहेको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए।

बीपीमा शुक्रबार उनी भर्ना भएकी थिइन्। मृतकलाई श्वासप्रश्वासमा कठिनाइ हुनुकासाथै ३ दिनदेखि पेट र छाती दुख्ने समस्या थियो।