ललितपुरको लेले जंगलमा अल्का अस्पतालकी कर्मचारीको शव फेला

ललितपुरको लेले जंगलमा अल्का अस्पतालकी कर्मचारीको शव फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको अल्का अस्पतालमा कार्यरत ३९ वर्षीया गीता केसीको शव फेला परेको छ। अल्का अस्पतालमा कार्यरत सरसफाई कर्मचारी गीता केसीको शव गोदावरी नगरपालिका–१० मुलडोल स्थित सामुदायीक बन लेले जंगलमा फेला परेको हो ।

भैंसेपाटी बस्दै आएकी ३९ बर्षिया केसी सम्पर्कबिहीन भएपछि तिन दिनअघि परिवारले महानगरीय प्रहरी परिसर ललितपुरमा ‘मानिस हराएको’ सूचना दिएको ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङले बताए ।

गीताको हत्या गरेको आशंकामा प्रहरीले उनका भतिज पर्ने निर्मल केसीलाई भैंसीपाटीबाट पक्राउ गरेको छ । उनको शव पोष्टमर्टमको लागि पाटन अस्पतालमा राखिएको छ।